राष्ट्रिय क्रिकेट टिमका तीन नेपाली खेलाडी एकैपटक विदेशी लिगमा अनुबन्ध

काठमाडौं, ९ पुस । राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीले यूएईमा हुने टी–टेन लिग खेल्ने भएका छन् ।

यूएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको फ्रेन्चाइज लिगमा राष्ट्रिय टिमका तीन खेलाडीले पहिलो पटक खेल्न लागेका हुन् ।

अनुबन्ध हुनेमा सोमपाल कामी, करण केसी र कुशल मल्ल भएका छन् । सोमपाल कामी मराठा अरवियन्सबाट टि–टेन लिग खेल्ने भएका हुन् ।

करण केसीलाई पुने डेभिल्स र कुशल मल्ललाई टिम आबुधाबीले अनुबन्धन गर्ने पक्का गरेका छन् । सोमपाल यसअघि पनि विदेशी फ्रेन्चाइज टिममा सहभागी बनिसकेका छन् ।

करण र कुशल पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन् । यसअघि नेपालबाट सन्दीप लामिछाने र पारस खड्काले टी–टेनमा सहभागिता जनाइसकेका छन् ।

सन्दीप बीबीएलमा व्यस्त हुने भएकाले उनी अनुबन्ध भएका छैनन् । आउँदाे संस्करणको टी-टेन लिग आबुधाबीमा जनवरी २८ देखि फेब्रुअरी ६ सम्म हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here