नेकपामा विवाद चुलिंदा चिनियाँ राजदूतको सक्रियता बढ्यो

काठमाडौं, ९ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष दाहालससँग उनले बिहीबार बिहान खुमलटारस्थित दाहाल निवासमा भेटवार्ता गरेकी हुन् । भेटमा नेकपा विवाद, फुटको अवस्थाका विषयमा चिनको चासो दाहाल समक्ष यान्छीले राखेको बताइएको छ ।

दाहालले भने आफु नेपालमा एउटै कम्युनिष्ट पार्टी होस् भन्ने पक्षमा भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीका कारण विभाजनको अवस्थामा पुगेको बताएका छन् ।

नेकपा दुई भागमा विभाजन भएको बेला उनले प्रचण्डलाई भेटनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । चिनियां राजदूतले पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रचण्डसंगको भेटमा चांसो राखेको बुझिएको छ । यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसंग शितल निवास पुगेर भेटवार्ता गरेकी थिईन ।

चिनियां राजदूतले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपाललाई समेत भेट्ने तयारी गरेकी छन् । त्यसैगरी पुर्व उर्जामन्त्री वर्षमान पुनलाई समेत उनले भेट्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here