‘फुलबुट्टे सारी’ गीतको फिमेल भर्सनले बनायो नयाँ रेकर्ड, १८ दिनमै १ करोडभन्दा धेरै भ्यूज

काठमाडौं । नेपाली गीत ‘फुलबुट्टे सारी’ को फिमेल भर्सनले १८ दिनमै १ करोडभन्दा धेरै भ्यूज पाउदै रेकर्ड कायम गरेको छ ।

डिसेम्बर ५ तारिखमा युट्युवबाट सार्वजनिक भएको उक्त गीतले १८ दिनमा नै १ करोडभन्दा धेरै भ्यूज प्राप्त गर्दै नयाँ रेकर्ड बनाएको हो । अहिलेसम्म यो गीतलाई १ करोड ३ लाख २५ हजार भन्दा धेरैपटक हेरिएको छ ।

यो भन्दा अघि सबैभन्दा छिटो १ करोड भ्यूज पाउने रेकर्ड प्रकाश सपुतको गलबन्दी गीतले बनाएको थियो ।

मिलान नेवारको स्वर रहेको गीतमा पल शाह र मलाइका महतको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here