गृहमन्त्री थापा ओली पक्षको बैठकमा सहभागी

काठमाडौं । गूहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ओली पक्षको बैठकमा सहभागी भएका छन् ।

नेकपा विभाजनमा अहिलेसम्म आफू कुन पक्षमा छु भन्नेकुरा नखुलाएका थापा बिहीबार बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका हुन् ।

गत सोमवार साँझ थापाले ओलीलाई भेटेका थिए । ओली र थापाबिच दुई घण्टा लामो कुराकानी भएको थियो ।

त्यसो त पुष्प कमल दाहाल पनि थापालाई आफ्नो पक्षमा आउन आग्रह गर्दै मंगलबार उनलाई भेट्न पुल्चोक पुगेका थिए । उक्त भेटमा थापाले यस विषयमा छिट्टै निर्णय बताएका थिए ।

तर, बुधवार विहान थापाले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए । उक्त भेटबाट नै थापाले ओलीलाई साथ दिने निर्णय गरेको बताईएको छ ।

थापा निकट मानिएका स्थायी कमिटीका नेता देव गुरुङ र पम्फा भुसाललगायतका अधिकांश केन्द्रीय सदस्य भने दाहाल–नेपाल समूहमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here