विदेशी लिगमा अनुबन्ध भएका सोमपाल, करण र कुशलले कति पाउछन् पारिश्रमिक ?

काठमाडौं । यूएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको फ्रेन्चाइज लिग खेल्नको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडी छनोट भएका छन् ।

सोमपाल कामी, करण केसी र कुशल मल्ल यूएईको १० ओभरको फ्रेन्चाइजको लागि छनोट भएका हुन् । यी तीन खेलाडी फरक फरक टिममा आवद्ध भएका छन् । यसकारण उनीहरुले पाउने पारिश्रमिक पनि फरक फरक छ ।

यस्तो छ पारिश्रमिकः

सोमपाल कामी

मराठा अरवियन्सबाट टि–टेन लिग खेल्ने भएका सोमपाल कामीले अलराउन्डरमा आफ्नो नाम सामवेश गराएका थिए । यस क्याटेगोरीमा आवद्ध भएका खेलाडीले २० हजार अमेरिकी डलर पारिश्रमिक पाउने व्यवस्था छ ।

करण केसी

करण केसी भने टि–टेन लिगको लागि पुने डेभिल्समा आवद्ध भएका छन् । इमर्जिङ क्याटेगोरीमा आफ्नो नाम समावेश गरेका करनले १० हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन् ।

कुशल मल्ल

टिम अबुधाबीबाट लिग खेल्नको लागि छनोट भएका कुशल इमर्जिङ क्याटेगोरीमा रहेका छन् । यसअघि नेपाली क्रिकेटर पारस खड्कापनि टिम अबुधाबीबाट मर्जिङ क्याटेगोरीमा क्रिकेट खेलेका थिए र उनले १० हजार डलर पाएको थिए । यसकारण कुशलले पनि १० हजार डलर पारिश्रमिक पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here