दाहाल–नेपाल समूह शुक्रवार निर्वाचन आयोग र सर्वोच्च अदालत जाने

काठमाडौं । नेकपाको (दाहाल–नेपाल) समूहले शुक्रवार निर्वाचन आयोग र सर्वोच्च अदालत जानेकार्यक्रम घोषणा गरेको छ ।

बिहीवार बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकले शुक्रवार निर्वाचन आयोग र सर्वोच्च अदालत जाने कार्यक्रम घोषणा गरेको हो ।

आफूहरू आधिकारिक रहेको दाबी गर्न आयोग र संसद् जीवित छ भनेर देखाउन सर्वोच्च जाने निर्णय गरेको बताईएको छ । बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलन समिति गठन गरेको हो ।

शुक्रवार बिहान १० बजे सर्वोच्च र दिउँसो १२ बजे आयोग जाने निर्णय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here