दाहाल-नेपाल समूहद्धारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहल ‘प्रचण्ड’ माधव कुमार नेपाल समूहले पुस १४ गते देशभर प्रदर्शन गर्ने भएको छ।

आज बबरमहलस्थित कार्की व्याङक्वेटमा बसेको केन्द्रीय कमिटीको बैठकले संसद विघटनको विरोधमा १४ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो।

आन्दोलनका कार्यक्रम अन्तर्गत पुस १० गते बिहान १० बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरु माइतीघरमण्डलामा उपस्थित हुने कार्यक्रम तय भएको छ । प्रदर्शनपछि सोही टोली निर्वाचन आयोगमा जाने भएको छ । यो समूहले सोही दिन नै २ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।

त्यस्तै ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ । यसैगरी पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको छ ।

यस्तै पुस २० गते सम्म सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला हुने छ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना हुनेछन् ।

बैठकले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here