राष्ट्रपतिसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेश

काठमाडौं, ९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेश भएको छ ।

आयोगका कार्यवाहक प्रमुख आयुक्त डा।गणेशराज जोशीले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा आयोगको आर्थिक वर्ष ०७६–०७७ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम आज सो प्रतिवेदन प्रस्तुत गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here