चर्को आवाज निकाल्ने ३४२ मोटरसाइकल कारबाहीमा

काठमाडौं । एक महिनामा चर्को आवाज निकाल्ने ३४२ ओटा मोटरसाइकल र चालक कारबाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज निकाल्ने मोटरसाइकल र मोटरसाइकल चालकको लागि एक महिनायता विशेष अपरेसन चलाएको थियो, जसमा चर्को आवाज निकाल्ने ३४२ ओटा मोटरसाइकल र चालक कारबाहीमा परेका हुन् ।

साइलेन्सरलाई मोडिफाइ गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरु उपत्यकाभित्र चलाउने व्यक्तिलाई महाशाखाले कारबाही गरेको छ ।

ठूलो आवाजले मोटरसाइकल गुडाउदा ध्वनि प्रदूषण हुने तथा ‘जिकज्याक’ गरेर मोटरसाईकल चलाउदा दुर्घटना निम्तिने महाशाखाले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here