बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, तीन मन्‍त्रीले दिए राजीनामा

काठमाडौं, १० पुस । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइ अविश्वासको प्रस्ताव दर्ता भएको हो । नेकपा प्रचण्ड–माधव समूहका ४६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको छ ।

त्यसअघि बागमती प्रदेश सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here