थप ६०८ जनामा कोरोना संक्रमण, ८९२ जना डिस्चार्ज

काठमाडौं, १० पुस । नेपालमा थप ६०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ४ हजार १४२ जनाको परीक्षणमा थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ३ सय पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८१६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ८९२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। यो सँगै अहिलेसम्म २ लाख ४८ हजार २ सय ९२ जना संक्रमणमुक्त भएका छन्। भने संक्रिय संक्रमितको संख्या ७ हजार ९२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here