यसकारण खानुपर्छ चिसो मौसममा मरिच, यस्ता छन् फाइदा

काठमाडौं । मसलाको रुपमा प्रयोग गरिने कालो मरिचमा खानेकुरालाई स्वादिष्ट बनाउनुका साथै धेरै मात्रामा औषधिय गुण हुन्छ । जाडोमा कालो मरिचको चिया पिउँदा शरीरलाई निकै फाइदा पुर्याउँछ ।

पिरो स्वाद हुने मरिच पेट, छाला र हाडसँग जोडिएका समस्यामा धेरै प्रभावकारी मानिन्छ ।

मरिचमा म्यागेजिन, भिटामिन के, आइरन, क्याल्सियम, फाइबर र क्रोमियम प्रचुर मात्रामा पाइन्छ ।

यस्ता छन् फाइदा

मरिचमा कीटाणुनाशक गुण हुने भएकाले यसको सेवनले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यो बेसारसँग मिसाएर नियमित खाँदा क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।

मरिचले पाचन शक्तिलाई बलियो बनाउनुका साथै पेट सफा गर्छ । नियमित यसको सेवन गरे ग्यास्ट्रिक हुँदैन । मरिचको सेवनबाट पाइल्सबाट राहत पाउन सकिन्छ ।

तताएको तिलको तेलसँग मरिचको धुलो मिसाएर हातखुट्टामा लगाएमा आराम मिल्छ ।

उच्च रक्तचापका बिरामीले तातो पानीमा मरिचको धुलो मिसाएर खाएमा रोग नियन्त्रण गर्न सहयोग पुग्छ ।

तातो पानीमा मरिचको धुलो र कागती हालेर पिउँदा ग्याटिकबाट बाट छुटकारा पाउन सकिन्छ ।

मरिचको धुलो नियमित सेवन गर्दा रुघाखोकी निको हुन्छ । साथै, धुवाँ–धुलोका कारण छातीमा हुने समस्या, फ्लु, भाइरलको संक्रमणबाट जोगिन सकिन्छ ।

कालो मरिचले रक्तसञ्चार नियमित गर्नुका साथै छालामा अक्सिजनको मात्रा बढाउँछ । जसले छालालाई स्वस्थ बनाईराख्नको लागि सहयोग गर्छ ।

कालो मरिचको धुलो ठीक मात्रामा दैनिक सेवन गरेमा मांसपेशीजन्य रोग लाग्दैन । शरीरमा स्फूर्ति बढाउनुका साथै मस्तिष्क सक्रिय बनाउन मद्दत गर्छ ।

मरिचको धूलो र कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजा पाक्ने, दाँत हल्लिने, कीराले खाएको समस्याबाट राहत पाउन सकिन्छ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here