फेसियल हाउसले मनायो १३ औं बार्षिक उत्सव

काठमाडौं । सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाईमा परेको नेपालकी बरिष्ठ सौन्दर्यविज्ञ सुषमा महराको फेसियल हाउसले स्थापनाको १३ औं बार्षिक उत्सव मनाएको छ।

विघटित प्रतिनिधि सभाको सांसद शान्ता चौधरीको प्रमुख आतिथ्यतामा शुक्रबार राजधानी स्थित जमलमा होटल एलोप्यागोडा एक कार्यक्रममा गरि फेसियल हाउसले आफ्नो स्थापनाको १३ औं बार्षिक उत्सव मनाएको हो।

फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराको सभापतित्व माझ आयोजित सो कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी कार्यकारीणी सदस्य एवम रत्न तथा आभुसण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल व्युटिसियन संघकी अध्यक्ष भगवती खडका नेपाल सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठ वरिस्ठ सौन्दर्यविद प्रा. डा. राजश्री श्रेष्ठ लयायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमा स्वागत मन्तब्य व्यक्त गर्दै फेसियल हाउसका संरक्षक तथा कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजंग शाहले नेपालमा लगानीको सुरक्षा नहुँदा व्यवसायी बन्न गार्हो बन्ने गरेको आफुले महशुश गर्ने गरेको बताएका थिए । सोही अवसर माझ वरिस्ठ सौन्दर्यविदद्व्य प्रा. डा. राजश्री श्रेष्ठ र कमला श्रेष्ठलाई फेसियल हाउस सम्मान २०२० बाट सम्मानित गरिएको थियो ।

कार्यक्रम माझ प्रमुख अतिथीको आसनबाट बोल्दै नेकपाकी सचेतक शान्ता चौधरीले फेसियल हाउसले प्रवाह गर्दै आएको सेवाको तारिफ गर्नुका साथै महिला उद्यमशिलताको क्षेत्रमा विशिस्ठ योगदान पुर्याउदै आएको उल्लेख गरिन ।

कार्यक्रममा बिशेष अतिथीको आसनबाट बोल्दै नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोरोना महामारीका कारण महिला उद्यमीहरु बढी प्रभावित बनेको उल्लेख गर्दै कोरोनाको महामारी अझै नसकिएको हुँदा सुरक्षित भएर व्यवसाय गर्नुपर्ने बताईन । अध्यक्ष श्रेष्ठले फेसियल हाउसले आगामी दिनमा अझ सशक्त ढंगले अगाडि बढन सकोस भन्दै शुभकामना समेत व्यक्त गरिन ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी कार्यकारीणी सदस्य एवम रत्न तथा आभुसण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले फेसियल हाउसको सफलताको कामना गर्दै सौन्दर्यको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताईन ।

त्यसैगरी नेपाल व्युटिसियन संघकी अध्यक्ष भगवती खडकाले कोरोनाका कारण व्युटिसियनहरुले पेशाबाट हात धुनु परेको बताउदै सौन्दर्य पेशामा लाग्नेहरुलाई राज्यले उपेक्षा गरेको उल्लेख गरिन ।

कार्यक्रम माझ समाजसेवी अन्जु शाह सिंहले फेसियल हाउसलाई वार्षिक उत्सबको शुभकामना व्यक्त गर्दै नारीहरुलाई आत्मनिर्भर बनाउन योगदान पुर्याउदै आएको धारणा राखिन ।

कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट बोल्दै संस्थाकी प्रबन्ध निर्देशक सुस्मा महराले कोभिड पस्चात महिला दिदी बहिनीलाई व्यवसाय संचालन गर्न असहज भैरहेको उल्लेख गर्दै राज्यले सेवा सुविधा दिनु पर्ने माग राखिन। कार्यक्रम माझ फेसियल हाउसबाट सौन्दर्य कला तालिम लिने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

२०५५ सालमा काठमाडौं मलमा स्थापना भएको फेसियल हाउस लेडिज एण्ड जेन्ट्स सैलून नेपालकै एउटा अग्रणी सैलूनको रुपमा स्थापित भइसकेको छ । फेसियल हाउसको लक्जरी ब्राञ्चमा केही नयाँ सौन्दर्य प्रविधिहरु भित्राएको छ ।

टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोपण (आइ लाइसिस एक्सटेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता नयाँ पुस्तामा प्रचलित धेरै प्रकारका प्रविधिहरु उपलब्ध छन् ।

फेसियल हाउस काठमाडौं भित्र भएका ब्युटि सैलूनहरु मध्येकै उत्कृष्ट सैलून अन्तर्गत पर्दछ । फेसियल हाउसले ब्युटि ट्रेनिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here