ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन मंगलबारदेखि खुल्ने

काठमाडौं, ११ पुस । सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन मंगलबार देखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागले सूचना निकालेर लाइसेन्सको अनलाइन आवेदन मंगलबार १४ पुसदेखि खुला गर्ने निर्णय गरेको हो।

कोरोना भाइरसको कारण विगत १० महिनादेखि सवारी चालक अनुमतिपत्रको आवेदन रोकिएको थियो ।

मंगलबारदेखि लाइसेन्सको आवेदन, लिखित परीक्षा र ट्रायल सबै खुला गर्न लागिएको विभागले जनाएको छ।

विभागले सूचना जारी गर्दै कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको जानकारी दिएको छ।

प्रदेश यातायात कार्यालयबाटै अब नयाँ लाइसेन्स वितरण हुने विभागले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here