थप ५०० जनामा कोरोना संक्रमण, ८४० जना डिस्चार्ज

फाइल फोटो

काठमाडौं, ११ पुस । नेपालमा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ५ हजार ४३४ जनाको को परीक्षणमा थप ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८१९पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिवार ८ सय ४० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। यो सँगै अहिलेसम्म २ लाख ४९ हजार १ सय ३२ जना संक्रमणमुक्त भएका छन्। भने संक्रिय संक्रमितको संख्या ६ हजार ७४९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here