काठमाडौं, ११ पुस । नेपालमा औषधिको उत्पादन र कारोबारमा उल्लेख्य गिरावट आएको छ । कोरोना महामारीले औषधि उत्पादन र वितरणको क्षेत्रमा पनि प्रभाव पारेको हो ।
भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ५ महिनामा ११ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ बराबरको औषधि जन्य वस्तु आयात भएको छ ।
गत आर्थिक वर्षको ५ महिनामा भने कुल १३ अर्ब २७ करोड १३ लाख रुपैयाँ बराबरको औषधि जन्य वस्तु आयात भएको थियो ।
चालू आवको सो अवधिमा औषधि आयात मार्फत ५७ करोड २० लाख रुपैयाँ राजश्व संकलन भएको थियो । यो अवधिमा ७४ लाख ४२ हजार केजी औषधि आयात भएको हो ।
सो औषधी आयातका क्रममा ६६ करोड ५३ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । सो अवधिमा ९७ लाख ३१ हजार केजी औषधि जन्य वस्तु आयात गरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
यसैगरी आर्थिक वर्ष २०७६/७७ मा कुल २८ अर्ब १८ करोड २५ लाख रुपैयाँ बराबरको औषधि जन्य वस्तुहरू आयात भएको थियो । आर्थिक वर्ष २०७५/ ७६ मा ३० अर्ब ११ करोड ८२ लाख रुपैयाँ बराबरको औषधी आयात भएको थियो ।