जापान प्रवेशमा फेरि प्रतिबन्ध

काठमाडौं, १२ पुस । जापानले विश्वभरबाट आफ्नो देश प्रवेश गर्नेहरुलाई रोक लगाएको छ । ।

बेलायतबाट सुरु भएको कोेरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

यो प्रतिबन्ध जनवारी अन्तिमसम्म रहने जनाइएको छ । जसमा विश्वभरिका नागरिक पर्ने छन् । विदेशबाट फकिर्ने आफ्ना नागरिकका हकमा भने यो नियम लागू हुने छैन ।

यद्यपि जापानी नागरिक तथा जापानमा बसोबास गर्ने विदेशीहरुले भने जापानमा प्रवेश पाउने बताइएको छ । त्यस्ता नागरिकले १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने अनिवार्य नियम लागू गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here