स्थलमार्ग हुँदै भारत छिर्दै हुनुहुन्छ ? अध्यागमनद्धारा राहदानीमा छाप हान्न बन्द

१०, जेठ, काठमाडौं । तपाई भारत हुँदै तेस्रो मुलुक जाने सोँचमा हुनुहुन्छ ? र त्यसका लागि स्थलमार्गबाट भारत प्रवेश गरिरहनु भएको छ ?

हो भने, अब नेपाली अध्यागमन कार्यालयले तपाईको राहदानीमा आफ्नो छाप नलगाउने भएको छ । राहदानीमा अध्यागमनको छाप छैन भने तपाईलाई भारतीय अध्यागमनले तेस्रो मुलुक जाने अनुमति पनि दिने छैन ।

नेपालबाट स्थलमार्ग हुँदै भारत प्रवेश गर्न नेपाली नागरिकले राहदानीमा प्रस्थान अनुमति लिइरहनु पर्दैन् । तर, मानव तस्करी गर्ने तथा अवैधानिक रुपबाट तेस्रो मुलुक जाने उद्देश्यले स्थलमार्गस्थित अध्यागमन कार्यालयबाट राहदानीमा छाप लगाउने गरेका थिए ।

अब भने अध्यागमनले त्यसमा कडाई गर्ने विभागमा महानिर्देशक इश्वरराज पौडेलले जानकारी दिए । उनका अनुसार अब कुनै पनि राहदानीमा अध्यागमनले छाप लगाउने छैनन् ।

नेपालको काकडभिट्टा, पशुपतिनगर, विराटनगर, विरगन्ज, बेलहिया, जुमनाहा, मोहना र गड्डाचौकीमा अध्यागमन कार्यालय छ ।

भारतको बाटो हुँदै भुटान र बंगलादेश जाने नेपाली नागरिकका हकमा भने छाप लगाइने पौडेलले जानकारी दिए ।
भुटान र बंगलादेश जाने नेपालीले भिषा र यात्रा सम्बद्ध अन्य आवश्यक कागजात पुरा गरेको अवस्थामा मात्र नेपालको स्थलमार्गस्थित अध्यागमन कार्यालयबाट आफ्नो पासपोर्टमा छाप प्राप्त गर्नेछन् ।

त्यस अवस्थामा मात्र ति यात्रु वैधानिक ठहरिन्छन् । सरकारले वैदेशिक रोजगारीका लागि निषेध गरेका मुलुकहरुमा भारतको बाटो हुँदै धेरै नेपाली बाहिरिने गरेका छन् ।

अवैधानिक रुपमा बाहिरिने यस्ता नेपालीका कारण सरकार समेत समस्यामा पर्ने गर्छ । दलालहरुको चंगुलमा परेर धेरै नेपाली विदेशमा अलपत्र समेत पर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here