यी हुन् सन् २०२० मा सर्वाधिक चर्चामा रहेका तीन नेपाली

काठमाडौं । अहिले विश्व कोरोनाभाइरसका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोनाको कारण नयाँ कामहरु खासै हुन सकेका छैनन् ।

तर सम्पूर्ण दु:ख र्बिर्साउँदै तीन जना नेपालीले नेपालको नाम विश्वभर चलाउँदै सन् २०२० मा आम नेपालीलाई खुशी हुने मौका दिए । जसको नामले गर्दा नेपालप्रति विश्वले ध्यान खिचिरहेका छन् ।

नेपालीहरुको लागि प्रतियोगितामा भाग लिएर होस् वा सामाजिक काम गरेर विदेशका टेलिभिजन र सामाजिक सञ्जालमा केही नेपाली वर्षभरी नै छाईरहे ।
सन् २०२० मा आफ्नो काम र कलाको माध्यमले देशको नाम विश्वभर चिनाएका तीन नेपालीको बारेमा जानकारी दिँदै छौं ।

सपना रोका मगर

सपना रोका मगरको लागि सन् २०२० निकै सुनौलो वर्ष रह्यो । बेलायती सञ्चार माध्यम बीबीसीले विश्वभरिका सबैभन्दा प्रभावशाली र प्रेरणादायक १०० जना महिलाको नाम सार्वजनिक गर्यो । जसमा सपनाको नामपनि समावेश थियो । यो संगै सपना नेपालको साथसाथै विश्वभरी नै चर्चित भईन् ।

पशुतिको आर्यघाटमा वेबारिसे लासहरु जम्मा गरी दाह संस्कार दिने काम गर्ने सपनाले सन् २०२० मा नेपालको नाम विश्वभरी नै प्रचार गरिन् ।

सन्तोष शाह

नेपालको सिराहा जिल्लामा जन्मिएका सन्तोष शाह सन् २०२० मा नेपाल र नेपाली खानाको परिकारलाई विश्वभर चिनाउने प्रमुख व्यक्ति हुन् ।

बेलायतको मास्टरसेफ युके प्रोफेशन्सको फाइनसम्म पुगेका सन्तोष प्रतियोगिताको उपाधी त जित्न सकेनन् तर, आफ्नो कलाको माध्यमबाट नेपाली खानालाई विश्वभर चिनाए । सन्तोषले गरेको यो काम नेपाल र नेपालीको लागि सन् २०२० मा पाएको सबैभन्दा ठूलो उपलब्धी थियो ।

दिवेश पोखरेल (आर्थर गन)

नेपालका दिवेश पोखरेल जसलाई अमेरिकी आइडलको स्टेजमा आर्थर गन नामले चिनिन्छन्, उनै दिवेशले १८ औं संस्करणको अमेरिकन आइडलको अडिसनमा भाग लिएपछि नेपालको साथसाथै सम्पुर्ण विश्वकै ध्यान आफूतिर केन्द्रित पारे ।

नेपाली मुलका दिवेश अमेरिकन आइडलको उपविजेतामा सिमित त भए तर, नेपाल र नेपालीको नाम विश्वभर चिनाउनको लागि गरेको काम कुनै उपाधीभन्दा कम थिएन् ।

नेपाली सेफ सन्तोष बने ‘बीबीसी मास्टर सेफ’को उपविजेता

नेपालकी सपना रोका विश्वका प्रभावशाली महिलाको सूचीमा

दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here