एउटै फिल्मबाट एक सय ३५ करोड लिने अक्षय कुमार !

काठमाडौं । सन् २०२० मा सर्वाधिक धेरै कमाउने सेलिब्रेटीको सूचीमा पर्ने बलिउडका एकमात्र कलाकार अक्षय कुमार भारतिय सिनेमा उद्योगका सर्वाधिक व्यस्त, धनी र महङ्गा कलाकार हुन् ।

पछिल्लो समय अक्षयले आफ्नो पारिश्रमिक बढाएको कुरा भारतिय सञ्चार माध्यमले बताउदै आएका छन् । भारतिय सञ्चार माध्यम बलिउड हंगामाको अनुसार लकडाउनको समयमा अक्षयले आफ्नो अभिनय शूल्क ह्वात्तै बढाएका हुन् ।

यसअघि एउटा फिल्मबाट ९९ करोड लिँदै आएका उनले लकडाउन अवधिमा ९ करोड पारिश्रमिक बढाउदै एक सय ८ करोड पुर्‍याएका थिए ।

अक्षयले २०२१ को लागि अनुबन्धित फिल्मबाट १ सय १७ करोड लिएका थिए भने, २०२२ का लागि प्रस्ताव आएका फिल्महरूबाट भने एक सय ३५ करोड माग गरेको जनाइएको छ ।

अक्षय कुमारको प्रदर्शनको तयारीमा रहेका फिल्ममा सूर्यवंशी, अतरङ्गी रे, पृथ्वीराज, राम सेतु, मिसन लायन, रक्षा बन्धन आदी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here