सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमवार प्रतितोला ७०० रुपैयाँ बढेको सुनको मूल्य मंगलवार भने घटेको छ । आज छापवाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घट्यो ।

सोमवार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८०० रुपैयाँ घट्दै प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

मंगलवार तेजावी सुनको मूल्य पनि प्रतितोला ८०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९३ हजार ६०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घट्यो । मंगलवार चाँदीको कारोबार मूल्य प्रतितोला १३०० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here