सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीवार छापवाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँ घटेको छ ।

बुधवार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १०० रुपैयाँ घट्दै प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बिहीवार तेजावी सुनको मूल्य पनि प्रतितोला १०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९३ हजार ६०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घट्यो । बिहीवार चाँदीको कारोबार मूल्य प्रतितोला १३०० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here