१०० दिनमा ३ लाख ७५ हजार बढी यात्रुलाई हवाईसेवा

काठमाडौं । लकडाउनपछि उडान सुरु भएयता बुद्ध एयरले ३ लाख ७५ हजार यात्रुलाई सेवा दिएको छ।

देशकै ठूलो आन्तरिक वायुसेवा कम्पनी बुद्धले पछिल्ला सय दिनमा करिब चार लाख यात्रुलाई सुरक्षित हवाइ यात्रा गराएको जानकारी दिएको छ।

लकडाउन पछि सुरक्षित उडानका लागि अधिकतम व्यवस्थापन गरिएको र यही कारण यात्रुहरुको विश्वास पनि बढ्दै गएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर वस्‍नेतले बताए।

‘हाम्रा हरेक उडानमा यात्रु संख्या थपिंदै जानु हामीले अपनाएको पूर्ण सुरक्षित तथा संक्रमणरहित विधि नै हुनुपर्छ,’ बस्‍नेतले भने ।

बुद्धले दैनिक चार दर्जनभन्दा बढी उडान गरिरहेको छ। नेपालभर १५ गन्तव्यमा उडान गर्ने बुद्धले दिनमा औषत ३७०० सय यात्रुलाई सेवा दिइरहेको छ।

बुध्दसँग दुई बीचक्राफ्ट, ३ एटीआर ४२ र ८ वटा एटीआर ७२ जहाज छन्। यसले आन्तरिक १५ गन्तव्यमा दिनहुँ उडान भर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here