नासफः सत्तल जीर्णोद्धार सुरु, मेयर शाक्यले गरे शिलान्यास

काठमाडौं । नासफः (सत्तल) को आजबाट जीर्णोद्धार सुरु गरिएको छ । वडा २१ को पद्मसुगन्ध मार्ग, मजिपामा महानगरका मेयर विद्यासुन्दर शाक्यले सत्तलको शिलान्यास गरेपछि पुननिर्माणको काम सुरु भएको हो । नासफः नित्यनाथ मन्दिर संरक्षण समितिले सत्तलको संरक्षण गरिरहेको छ ।

शिलान्यासपछि संक्षिप्त प्रतिक्रिया दिँदै मेयर शाक्यले भने, ‘सम्पदा संरक्षण सम्बन्धी काम गर्न महानगरले पैसाको कमी हुन दिँदैन । उपभोक्ता, गुथि र स्थानीय सरोकारवालाको अगुवाइमा सम्पदाको मर्मत, सम्भार र पुननिर्माण गर्ने र त्यसको संरक्षण गर्न उहाँहरुलाई नै जिम्मा दिने नीतिअनुरुप हामीले काम गरिरहेका छौं । यसबाट सम्पदा क्षेत्र यथावत् अवस्था लामो समयसम्म जोगिने हाम्रो विश्वाश हो ।’

सम्पदा बिभागका इञ्जिनियर तृप्ति रोक्काकाअनुसार यो सत्तल २ तले हुनेछ । यसको निर्माण काठ, चुना, सुर्की, परम्परागत इटा र झिँगटीको प्रयोग हुनेछ ।

यो सत्तल करीब १६ लाख रुपैयाँ भ्याटबाहेक लागतमा पुननिर्माण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here