प्रतितोला ८०० रुपैयाँ बढ्यो सुनको मूल्य, कति छ कारोबार मूल्य ?

काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतिलोला ८०० रुपैयाँ बढेको छ ।

आइतवार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज ८०० रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमवार तेजावी सुनको मूल्य पनि प्रतितोला ८०० रुपैयाँ नै बढेको छ । आज तेजावी सुनको कारोबार मूल्य ९४ हजार ८०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढ्यो । सोमवार चाँदीको कारोबार मूल्य १३ सय २५ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here