६ वर्षमै १७४४ करोड भारु कमाएका अक्षय कुमार !

काठमाडौं । भारतिय सुपरस्टार अक्षय कुमार अन्य स्टारको तुलनामा धेरै सिनेमा खेल्छन् । उनको चलचित्रले राम्रो व्यापार पनि गर्छ ।

यसकारण उनको कुल कमाई पनि निकै बढ्न थालेको छ । अक्षय कुरमारले २०२१ मा प्रर्दशनमा आउने लागेको एक सिनेमाको लागि १३५ करोड भारु पारिश्रमिक लिएको कुराले निकै चर्चा पायो ।

अन्तराष्ट्रिय सञ्चार माध्यम फोब्र्सले सार्वजनिक गरेको तथ्यांक अनुसार अभिनेता अक्षय कुमारले पछिल्लो ६ वर्षमा मात्रै १७४४ करोड भारु कमाई गरेका छन् ।

यस्तो छ उनको वार्षिक कमाईको तथ्यांकः

२०२०

कोरोना संक्रमणको कारण लगभग सबै क्षेत्र बन्द भएको अवस्थामा पनि अक्षय कुमारको कमाई भने बन्द भएन् । अक्षयले २०२० मा कुल ३५६.५७ करोड भारु कमाई गरे ।

२०१९

२०१९ मा अक्षय कुमारको केसरी, मिशन मंगल, गुड न्यूज, हाउसफुल ४ जस्ता सिनेमा रिलिज भएको थियो । जसको कारण त्यो वर्ष अक्षयको कुल कमाई ४५९.२२ करोड भारु पुगेको थियो । यो उनको एक वर्षमा कमाएको सबैभन्दा धेरै रकम हो ।

२०१८

यो वर्ष अक्षय कुमारको निकै सफल रह्यो । अक्षयको गोल्ड, २.० प्याडम्यान जस्ता सफल चलचित्र रिलिज भएको २०१८ मा कुल कमाई २७७.०६ करोड भारु रहेको थियो ।

२०१७

२०१७ मा अक्षय कुमारको कुल कमाई २३१.०६ करोड भएको थियो । त्यो वर्ष अक्षयको जोली एल.एल.बी. २, नाम सबाना र ट्वाइलेट एक प्रेम कथा जस्ता सिनेमा रिलिज भएका थिए ।

२०१६/२०१५

२०१६ मा २११.५८ करोड भारु कुल कमाई गरेका अक्षय कुमारले २०१५ मा भने कुल २०८.४२ करोड भारु कमाई गरे ।

यसरी अक्षय कुमारले पछिल्लो ६ वर्षमा मात्रै कुल १७४४ करोड भारु कमाई गरे । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here