यो महिना बजारमा आउदै छन् यी दुई स्माटफोन, यस्तो छ विशेषता

काठमाडौं । नयाँ वर्षको सुरुवात संगै नयाँ स्मार्टफोन खरिद गर्ने सोँचमा हुनुहुन्छ भने यसै महिना दुईवटा कम्पनीको नयाँ स्मार्टफोन बजारमा सार्वजनिक हुँदैछ ।

चिनियाँ स्मार्टफोन कम्पनी साओमी र दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसुङले यो महिनामा १÷१ वटा स्मार्टफोन बजारमा ल्याउदै छन् ।

साओमी एमआई टेनआई फाइभजी

चिनियाँ स्मार्टफोन कम्पनी साओमीले यसै महिना एमआई टेनआई फाइभजी स्मार्टफोन बजारमा ल्याउदै छ । यो स्मार्टफोन जनवरी ५ तारिखबाट बजारमा ल्याईने कम्पनीले बताएको छ ।

१०८ मेगापिक्सेल क्यामेरा भएको यो स्मार्टफोन ६ देखि ८ जिबी र्याममा उपलब्ध हुने यो फोनमा १२८ जिबी स्टोरेज रहेको छ । यस स्मार्टफोनको मूल्य भने कमपनीले सार्वजनिक गरेको छैन् ।

सामसुङ ग्यालेक्सि एस ट्वान्टि वान

दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसुङले आफ्ना पछिल्लो भेरियन्ट सामसुङ ग्यालेक्सि एस ट्वान्टि वान यसै महिना बजारमा सार्वजनिक गर्ने तयारीमा छ ।

यस सिरिजमा सामसुङ ग्यालेक्सि एस ट्वान्टि वान, सामसुङ ग्यालेक्सि एस ट्वान्टि वान प्लस, सामसुङ ग्यालेक्सि एस ट्वान्टि वान अल्ट्रा सार्वजनिक गर्ने तयारीमा कम्पनी रहेको छ । यस फोनको ब्यट्रि क्यापिसिटी ४५०० एमएएच रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here