करिब डेढ करोड रुपैयाँसहित नागढुंगाबाट एक भारतीय नागरिक पक्राउ

काठमाडौं । थानकोट प्रहरीले एक जना भारतीय नागरिकलाई १ करोड ४७ लाख रुपैयाँ नगद सहित पक्राउ गरेको छ ।

अमितकुमार गुप्ता नाम गरेका ३० वर्षीय ती भारतीय नागरिकलाई कपिलवस्तुबाट काठमाडौं आउने क्रममा सोमबार नागढुंगाबाट पक्राउ गरिएको हो ।

उनीसंगै गाडी चालक नेपाली नागरिक २२ वर्षीय संगम थारुलाई पनि पक्राउ गरिएको छ । गाडीमा राखिएको झोला खानतलासी गर्दा स्रोत नखुलेको उक्त रकम भेटिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here