एकैदिन प्रतितोला १,१०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतिलोला ११०० रुपैयाँ बढेको छ ।

सोमवार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज १,१०० रुपैयाँ बढ्दै प्रतितोला ९६ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

मंगलवार तेजावी सुनको मूल्य पनि प्रतितोला १,१०० रुपैयाँ नै बढेको छ । आज तेजावी सुनको कारोबार मूल्य ९५ हजार ९०० रुपैयाँ कायम भएको छ ।

मंगलवार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढ्यो । आज चाँदीको कारोबार मूल्य १३ सय ३५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here