भारतमा बर्ड फ्लू त्रासः भाइरसबाट साढे १४ हजार पन्छी मरे संक्रमण फैलिने भन्दै ३६ हजार मारियो

फाइलफोटो

काठमाडौं । भारतका विभिन्न राज्यमा बर्ड प्लू संक्रमण फैलिएको छ । देशभर हजारौंको संख्यामा चराहरु मर्न थालेपछि गरिएको परिक्षणमा फ्लू भएको पत्ता लागेको हो ।

भारतमा बर्ड प्लुबाट अहिलेसम्म हिमाचल प्रदेशमा २,४०० खोया हाँसहरु र केरला राज्यमा समेत १२,००० हाँसहरू मरिसकेको छ । यसका अलवा मध्ये प्रदेशमा पनि काग, बकुल्ला सुगाँसमेत मरेको बताईएको छ ।

यो संगै संक्रमण फैलने भनेर केरला राज्यमा विभिन्न ३६,००० पन्छीहरू मारिएको छ । राज्यको मापदण्ड अनुसार नै पन्छी मारिएको राज्यले बताएको छ । (बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here