प्रतितोला १,३०० रुपैयाँ घट्यो सुनको मूल्य, कति छ कारोबार मूल्य ?

काठमाडौं । बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १,३०० रुपैयाँ घटेको छ । बुधबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १,३०० रुपैयाँ घट्दै प्रतितोला ९५ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बिहिबार तेजावी सुनको मूल्य पनि प्रतितोला १,३०० रुपैयाँ नै घटेको छ । आज तेजावी सुनको कारोबार मूल्य ९४ हजार ९०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घट्यो । बिहिबार चाँदीको कारोबार मूल्य १३ सय ३० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here