शुक्रबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहिबार प्रतितोला १,३०० रुपैयाँ घटेको छापावाल सुनको मूल्य शुक्रबार पनि घटेको छ ।

बिहिबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १०० रुपैयाँ घट्दै प्रतितोला ९५ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

शुक्रबार तेजावी सुनको मूल्य पनि प्रतितोला १०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९४ हजार ८०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्यमा भने कुनै परिवर्तभ भएन । शुक्रबार चाँदीको कारोबार मूल्य १३ सय ३० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here