थप ३६२ जनामा कोरोना संक्रमण, ६१९ जना डिस्चार्ज

काठमाडौं, २५ पुस । नेपालमा थप ३६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ सय १९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here