अझै हर्न बजाउन छोड्दैनन् सवारीचालक, जेब्रा क्रसिङको छैन मतलब !

सांकेतिक तस्वीर

काठमाडौं, १२ जेठ । काठमाडौं उपत्यका हर्न निषेधित भएको करिब २ वर्ष बितिसक्दा पनि यो नियमको पूर्ण पालना हुन सकेको छैन ।

अहिले पनि दैनिक ४५ भन्दा धेरै सावारीसाधनहरु हर्न बजाएको कारण कारवाहीमा पर्ने गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएको एक सातामा ३ सय २१ सवारीसाधनहरु निषेधित क्षेत्रमा हर्न बजाएको कारण कारवाहीमा परेका छन् ।

त्यस्तै महाशाखाका अनुसार गत साता ट्राफिक नियम उल्लंघन गर्ने ११ हजार १ सय ९९ सय सावरीसाधनहरु कारवाहीमा परेका थिए ।

निषेधित क्षेत्रमा हर्न बजाउने सवारीसाधनलाई रु ५ सय जरीवानाको व्यवस्था रहेको महाशाखाले जनाएको छ ।

जेब्रा क्रसिङमा रोकेको सवारीमा पनि कारवाहीमा

त्यस्तै गएकाे साता जेब्रा क्रसिङ ढाकेर सवारी रोक्ने २ सय ४ सवारीसाधनलाई कारवाही गरीएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

जेब्रा क्रसिङ पैदलयात्रुकाे सुरक्षाकाे लागि बनाइने भएकाले जेब्रा क्रसिङमा पैदलयात्रुलाइ प्राथमिकता दिनुपर्ने हुन्छ । तर, त्यसकाे परवाह नगरी जेब्रा क्रसिङ ढाकेर सवारी रोक्ने चालकलाइ पनि ५ रुपैयाँ जरिवानाको व्यवस्था रहेको छ ।

महाशाखाको अनुसार दैनिक ३० सवारीसाधनहरु जेब्रा क्रसिङमा सवारी राकेको कारण कारवाहीमा पर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here