‘जनताले दिएको अभिभारा पूरा गर्नुपर्ने थियो, सरकारलाई काम नै गर्न दिइएन’

काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले दिएको अभिभारा पूरा गर्न प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाली जनताले दिएको अभिभारा पूरा गर्न प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् ।

सरकारलाई काम गर्न नदिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा मात्रै २८० वटा बैठक बसेको र यो अवस्था आइलागेको बताए । उनले मुलुक निर्वाचनतर्फ अघि बढेको पनि बताए ।

‘सरकारलाई काम नै गर्न दिइएन,’ ‘प्रतिनिधिसभाले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्नुपर्ने थियो । नेपाली जनताले दिएको अभिभारा पूरा गर्नुपर्ने थियो । त्यो हुन सकेन उनले भने’ । मैले धेरै प्रयास गरें, भरसक पाँच वर्ष सरकार टिकोस् भनेर, जनताको इच्छा थियो, सरकार परिवर्तन भइरहने अवस्थालाई स्थायित्व र स्थिरता भनिँदैन, ओलीले भने, तर केही पनि काम हुन दिइएन ओलीले भने ।

सरकारले असाधारण र द्रुत गतिमा काम भइरहेको छ । सरकारले विकास निर्माणका काम तीव्र गतिमा अघि बढाएको थियो । इँटामा लेउ लागेर बसेका रानीपोखरी निर्माण सम्पन्न भयो, सात लाख घर निर्माण गरेर हस्तान्तरण भए, धेरै काम भएको कुरा साथीहरुले अनुभव गर्नुभएको छ ओलीले भने ।

‘धरहरा, काठमाडौं उपत्यकाको ब्युटीफिकेसन भएको छ, तराईमा ढलको व्यवस्था भएको छ, धेरै काम भएका छन् । गत आर्थिक विर्षमा मात्र करिव ६ हजार हेक्टर क्षेत्रमा सिँचाइ भएको छ ।’ ‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here