काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा जस्तो असाधारण विकास यसअघि अरु कुनै पनि सरकारका बेला नभएको दाबी गरेका छन् ।
आइतवार राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै ओलीले यो सरकारको पालामा रानीपोखरी देखि भूकम्पले भत्काएका संरचनाको पुनर्निर्माण भएको बताए । ‘विकासलाई तीव्रताका साथ अघि बढाएका थियौं ।
रानीपोखरी धुलोले पुरिने अबस्था थिएन । अहिले रानीपोखरी तयार गरेर उद्घाटन गर्यौं,’ उनले भने ।
त्यसैगरी उनले आफ्नो सरकारले एक वर्षमै ९८० किलोमिटर सडक पिच गरेको पनि बताए । ‘एक वर्षमै सरकारले ९८० किलोमिटर सडक कलोपत्रे गरेको छ । असाधारण ढंगले विकासका काम भएका छन्’, उनले भने, ‘द्रूतगतिमा काम भएको छ । यसभन्दा अघि कुनै पनि सरकारको पालामा यसरी विकास भएको थिएन ।’
उनले महाकालीमा पुल बनिरहेको, किमाथांका नाकामा सडकले जोडिरहेको बताउँदै देशभर विकासको लहर चलेको पनि बताए । ‘सरकारले तीव्र गतिमा विकासको काम गरिरहेको छ’, उनले भने,