बजाज डोमिनार २५० नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । बजाज डोमिनार २५० मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । यस मोटरसाइकललाई बजाजको लागि नेपालको आधिकारिक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले बजारमा भित्राएको छ ।

यस्ता छन् विशेषता

बजाज डोमिनार २५० मा २४८.७७ सिसी एफआइ इञ्जिन जडान गरिएको र यसले २७ पिएस पावर र २३.५ एनएम टर्क जेनेरेट गर्ने कम्पनीले बताएको छ ।

यो मोटरसाइकल क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध छन् ।

१३२ किमी प्रति घण्टासम्म सम्मको रफ्तारमा गुड्नसक्ने यो मोटरसाइकल १०.५ सेकेण्डमा ०–१०० किमी प्रति घण्टाको स्पीडसम्म कुद्न सक्छ ।

यस्तो छ मूल्य

कम्पनीका अनुसार बजाज डोमिनार २५० को मूल्य ४ लाख ८९ हजार ९ सय रहेको छ ।

डोमिनार २५० मा एलइडी हेडल्याम्प, अटोमेटिक हेडल्याम्प अन जस्ता प्रविधी राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here