काठमाडौंको दुई स्थानमा विस्फोट, ३ काे मृत्यु

काठमाडाैं, १२ जेठ । काठमाडौंको अनामनगर घट्टेकुलाे र सुकेधारामा आइतबार अपरान्ह विष्फाेट हुँदा ३ जनाकाे मृत्यु भएकाे छ ।

सुकेधारा ढलानेपुल र अनामनगर घट्टेकुलो नजीकै विस्फोट भएको महानगरीय प्रहरी कार्यालय काठमाडौले जानकारी दिएकाे छ ।

सुकेधारा विष्फाेटमा परी २ जना र अनामनगर विष्फाेटमा एक गरी तीन जनाकाे मृत्यु भएकाे जानकारी प्राप्त भएकाे छ ।

सुकेधारामा ४ र अनामनगरमा २ जना घाइते भएकाे र उनीहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे बताइएकाे छ ।

घटनास्थलमा ठूलाे भिड जम्मा भएकाे छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेकाे बताएकाे छ । सुकेधाराकाे विष्फाेटमा सिलिण्डर पड्किएकाे बताइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here