कोरोना नियन्त्रणमा नेपाल सार्क राष्ट्रको अग्रस्थानमा, धेरै सक्रिय संक्रमित भुटानमा

काठमाडौं, २७ पुस । विश्वमा ९ करोड ६ लाख ९३ हजार ५९० जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको कारण १९ लाख ४३ हजार १ सय ७३ जनको मृत्यु भएको छ भने ६ करोड ४८ लाख १३ हजार ८५६ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना संक्रमणबाट सबैभन्दा धेरै अमेरिकामै ३ लाख ८३ हजार २५५ जनाले ज्यान गुमाएका छन् । संक्रमणको मारमा नेपाल पनि परेको छ । नेपालमा कोराना संक्रमितको संख्या र मृत्यु हुने दरपनि दिनहुँ घट्दै गएको छ ।

यससँगै नेपाल सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा ४२ औं स्थानमा पुगेको छ । यसअघि नेपाल ३३ औं स्थानसम्म आइपुगेको थियो । धेरै मुलुकमा कोरोना संक्रमण दर शून्यमा पुगेर फेरि दोस्रो लहर सुरु भएको छ ।

नेपालमा भने दोस्रो लहर नआएर संक्रमण यही रफ्तारले घट्दै गए नियन्त्रण गर्ने पहिलो मुलुक बन्न सक्ने बिज्ञहरुले बताएका छन् ।

बढी प्रभावित देशको पहिलो स्थानमा अमेरिका रहेको छ । अमेरिकामा संक्रमितको संख्या सोमबारसम्म २ करोड २९ लाख १७ हजार ३३४ पुगेको छ। १ करोड ३४ लाख ८३ हजार ४९० जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै भारत दोस्रो स्थानमा रहेको छ भारत मा संक्रमितको संख्या १ करोड ४ लाख ६७ हजार ४३१ पुगेको छ भने मृतकको संख्या १ लाख ५१ हजार १९५ जनाको मृत्यु भएको छ भने संक्रमण मुक्त हुनेको संख्या १ करोड ९२ हजार ९०९ जना पुगेका छन् । संक्रिय संक्रमित २.२ प्रतिशत रहेका छन् ।

तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या ८१ लाख ५ हजार ७९० पुगेको छ भने मृतकको संख्या २ लाख ३ हजार १४० रहेको छ ।

सार्क राष्ट्रमा कोरोना: कुन देशमा कति संक्रमित, कतिको मृत्यु ?

सार्क क्षेत्रमै भारत धेरै कोरोना संक्रमित र मुत्यु भएको देश हो। भने विश्वमा दोस्रो स्थानमा रहेको छ । बंगलादेश कोरोना प्रभावित देशहरुको सूचीको २७ औं स्थानमा रहेको छ त्यहाँ ५ लाख २२ हजार ४५३ जनालाई कोरोना संक्रमण भएको छ भने ७ हजार ७ सय ८१ जनाको मृत्यु भएको छ।

संक्रमण मुक्त हुनेको संख्या ४ लाख ६६ हजार ८ सय १ पुगेको छ। संक्रिय संक्रमितको स्ांख्या ४७ हजार ८ सय ७१ जना रहेका छन् । संक्रिय संक्रमित ९.२ प्रतिशत रहेका छन् ।

पाकिस्तान कोरोना प्रभावित देशहरुको सूचीको २८ औं स्थानमा रहेको छ ।

पाकिस्तान ५ लाख ४ हजार २९३ जनामा कोरोना संक्रमण भएको छ भने १० हजार ६ सय ७६ जनाको मृत्यु भएको छ। ४ लाख ५८ हजार ३७१ जना संक्रमण मुक्त भएका छन् । कुल संक्रमित मध्ये पाकिस्तान १९।८ रहेका छन् ।

भुटान कोरोना प्रभावित देशहरुको सूचीको १८२ औं स्थानमा रहेको छ । भुटानमा ८ सय १३ जनालाई कोरोना देखिएको छ। मृत्यु हुनेको संख्या १ जना रहेका छन् । ४६७ जना संक्रमण मुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ३४५ जना रहेका छन् ।

सार्कदेशमा सबैभन्दा बढी सक्रिय संक्रमित यत्तिबेला भुटानमा छन् । जहाँ कुल संक्रमित मध्ये ४०.२ प्रतिशत सक्रिय संक्रमित छन् ।

श्रीलंका कोरोना प्रभावित देशहरुको सूचीको ९५ औं स्थानमा रहेको छ । त्यहाँ अहिलेसम्म ४८ हजार ३ सय ८० जनालाई कोरोना संक्रमण भएको छ भने २३२ जनाको मृत्यु भएको छ। ४१ हजार ३२५ जना संक्रमण मुक्त भएका छन् ।

संक्रिय संक्रमितको संख्या ६ हजार ८२३ रहेको छ । कुल संक्रमितको संक्रमित १४।७ प्रतिशत हो ।

अफगानिस्तान कोरोना प्रभावित देशहरुको सूचीको ८१ औं स्थानमा रहेको छ । त्यहाँ ५३हजार ५ सय २२ जनालाई कोरोना संक्रमण भएको छ भने २२ सय ८८ जनाको मृत्यु भएको छ। ४३ हजार ९४८ जना संक्रमण मुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या १५।२ प्रतिशत रहेको छ ।

माल्दिभ्स मा कोरोना प्रभावित देशहरुको सूचीको १२० औं स्थानमा रहेको छ । त्यहाँ संक्रमितको संख्या १४ हजार १ सय ९ रहेको छ।

मृत्यु हुनेको संख्या ४९ छ भने उपचारपछि निको हुनेको संख्या १३ हजार ३ सय ३६ पुगेको छ । संक्रिय संक्रमितको संख्या माल्दिसमा ५.० प्रतिशत रहेको छ ।

नेपालमा २ लाख ६४ हजार ७८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ लाख ५८ हजार ४४१ जना संक्रमणमुक्त भएका छन् भने १९१७ जनाको मृत्यु भएको छ।

नेपालमा १.९ प्रतिशत सक्रिय संक्रमित छन् । सार्क मुलुकमा नेपाल सक्रिय संक्रमित सबैभन्दा कम भएको र निको हुने प्रतिशत सबैभन्दा बढी भएको मुलुक हो । कोरोना संक्रमित घट्दै गएपछि कोरोना अस्पतालका बेडहरु पनि खाली हुँदै गएका छन् ।

१२ प्रतिशत भन्दा कम सक्रिय संक्रमित हुनुलाई विश्व स्वास्थ्य संगठनले जोखिम लिष्टबाट हटाउने गरेको छ । यो हिसाबले नेपाल अहिले न्यून जोखिम लिष्टमा छ र अवस्था सामान्य तर्फ फर्किरहेको पनि इपिडीमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले जनाएको छ । स्वास्थ्य मन्त्रालयले देशभर नै संक्रमित घट्दै गएको र अवस्था सामान्यतिर फर्किरहेको जनाएको छ ।

डाटास्रोत: वर्ल्डोमिटर्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here