सिभिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं, २८ पुस । सिभिल बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा १.८५ प्रतिशत बढी हो । बैंकले अघिल्लो आवमा ६.५७ प्रतिशत बोनस सेयर लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here