भूकम्पबाट क्षति भएका ५ लाख ५९ हजार घरको पुनर्निर्माण सम्पन्न, कुन जिल्लामा कति ?

काठमाडौं, २८ पुस । भूकम्पबाट क्षति भएकामध्ये ५ लाख भन्दा बढि निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार हालसम्म ५ लाख ५९ हजार १३९ घर निर्माण सम्पन्न भएको हो ।

७ लाख २५ हजार ११९ घर बन्दै गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा आठ लाख ६६ हजार ६० भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए ।

लाभग्राही सूचीमा समावेश भएकामध्ये ७८ हजार ३३ प्रवलीकरण गर्ने गरी प्रमाणीकरण गरिएको छ । हालसम्म सात लाख ९५ हजार ३१४ लाभग्राहीले अनुदान सम्झौता गरिसकेका छन् ।

जसमा सात लाख ९१ हजार १०१ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार लिएका छन् । जग निर्माण सम्पन्न गरी छ लाख ८२ हजार ८५७ जनाले दोस्रो किस्ता लिएका छन् । घर निर्माण सम्पन्न गरी छ लाख १५ हजार ८३ ले तेस्रो किस्ता अनुदान लिएको प्राधिकरणले जनाएको छ ।

हालसम्म कायम भएका लाभग्राहीले यो महिनाको अन्तिमसम्म अनुदान सम्झौता गरी पुस १५ सम्ममा पहिलो किस्ता लिइसक्नुपर्ने समय तोकिएको थियो ।

पहिलो किस्ताले जगको काम सकी दोस्रो किस्ता लिन माघ मसान्तसम्म सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने छ ।

तेस्रो किस्ता लिन २०७८ वैशाखसम्म सम्बन्धित स्थानीय तहमा निवेदन दिइसक्नुपर्नेछ । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० वटा सम्पदामा क्षति पुगेको तथ्याङ्क छ ।

जिल्लागत रुपमा निर्माण सम्पन्न प्रमाण पत्र पाएका लाभग्राही संख्या

सिन्धुपाल्चोक – ५०५११

नुवाकोट – ५७८९८

धादिङ – २७३८

दोलखा – १३०९०

गोरखा – १५,५६४

काभ्रेपलाञ्चोक – ९९२२

रामेछाप – ४०३२

ओखलढुङ्गा – १८०१६

मकवानपुर – ६३

सिन्धुली – १८२४

काठमाडौं – २०४

रसुवा – ०

तनहुँ – ०

भक्तपुर – ३२७५

ललितपुर – १६३०

लमजुङ – ०

चितवन – ३२९१

खोटाङ – ०

सोलुखुम्बु – ११४२

पाल्पा – १९०

भोजपुर – २९५६

धनकुटा – १,२०३

डाटास्रोत: राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here