कागती पानी धेरै पिउनु हुन्छ ? हुन सक्छ यस्तो समस्या

काठमाडौं । तपाईंले अक्सर कागती पानी खादाँ तौंल घट्छ भन्ने त सुन्न भएको होला । यो सत्य पनि हो । कागती पानीले तौल घटाउनुका साथै छालाको सुरक्षामा पनि काम गर्छ ।

तर, कागती पानी कुन मात्रामा खाने र कसरी खाने भन्ने कुराले पनि प्रभाव पार्दछ । यसलाई हामीले ख्याल नराखी तौल घटाउनकै लागि धेरै मात्रामा कागती पानी खादा यसले ठूलो समस्या पैदा गर्छ ।

विहान खाली पेटमा कागती पानी खादा पेट सम्बन्धी समस्या भएका मानिसहरुको लागि निकै समस्या हुन्छ । यसले एसिडको मात्रालाई बढाउछ । जसका कारण पीएच लेवल कम हुन्छ ।

छालाको सुरक्षाको लागि पनि कागती पानी पिउने गरिन्छ । पिम्पल्स र अनुहारमा रहेका दागहरु हटाउनको लागि पनि कागतिको प्रयोग गरिन्छ । तर, अनुहारमा कुनै प्रकारको घाउ छ वा चिलाउने समस्या छ भने कागतीको प्रयोग गर्न हुदैन् ।

धेरै मात्रामा कागती पानी पिउदा अल्सर, दातको समस्या, पेट बिग्रने तथा डिहाइड्रेसन जस्ता समस्याहरु पैदा हुन्छ । जसको कारण किड्नीमा नकारात्मक प्रभाव पार्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here