कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला

काठमाडौं, २८ पुस । विद्यालय शिक्षाको राष्ट्रिय प्रारुप, २०७६ कार्यान्वयन नगर्न सर्वोच्चमा परेको रिट खारेज भएको छ ।

न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलाशले रिट खारेज गर्ने आदेश जारी गरेको हो ।

यो सँगै कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ । सो रिटमा फैसला नहुँदा महिनौँदेखि पाठ्यक्रमसम्बन्धी अन्योल थियो ।

देशभर कतै पुरानो पाठ्यक्रम र कतै नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गरिएको थियो । अब नयाँ पाठ्यक्रमअनुसार नै पठनपाठन हुने भएको छ।

नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवत अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

यसअघि न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले कार्तिक १९ गते नयाँ पाठ्यक्रम तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

क्षेत्राधिकारको विषयमा रिटपछि सर्वोच्च अदालतबाट अन्तरकालीन आदेश जारी गरे पनि महिनौँसम्म फैसला नहुँदा विद्यार्थी, विद्यालय तथा अभिभावक अन्याेलमा थिए । सर्वोच्चको मंगलबारको निर्णयले अन्योल हटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here