सुब्बामा जागिर खुल्यो, लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं, २९ पुस । लोकसेवा आयोगको राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) मा ठूलो संख्यामा कर्मचारीको माग गरेको छ।

खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको हो ।

काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि विज्ञापन खुलाइएको छ ।

आवेदन दिने समय आगामी माघ २० गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख छ । आयोगले परीक्षाको मिति भने पछि तोक्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here