विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, २९ पुस । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५२ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ २५ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २७ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ८४ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here