सोनापुर मिनरल्सले प्रिमियममा आइपीओ निष्काशन गर्ने

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने विशेष प्रस्ताव सहित माघ २२ गते बिहिबार साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको बत्तीसपुतली स्थित आफ्नै कार्यालय हुने सभामा प्रिमियममा आइपीओ निष्काशन गर्ने र त्यसको लागि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

सभामा आर्थिक वर्ष ७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, संचालकको निर्वाचन गर्ने र संचालकको बैठक भत्ता तोक्ने लगायतका प्रस्ताव पेश हुने छ ।

यो कम्पनीले पश्चिम नेपालमा सबै भन्दा धेरै सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीको उद्योग दाङमा रहेको छ । कम्पनीले सोना सिमेन्ट, सोना टेक सिमेन्ट, सोनाली सिमेन्ट, सोना चाँदी सिमेन्ट, सोनापुर सिमेन्ट र सोना श्री सिमेन्ट उत्पादन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here