सरकारी लक्ष्यको ४१.७ प्रतिशत राजस्व संकलन, एक दिनमै खातामा ३३ अर्ब ७१ करोड

काठमाडौं, १ माघ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले राजस्व संकलनमा अपेक्षित लक्ष्य भेटाइरहेको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार ६ महिनाको अवधिमा ४ खर्ब २२ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जुन सरकारी लक्ष्यको ४१.७ प्रतिशत हो ।

चालु आवमा १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व उठाउने सरकारको लक्ष्य रहेको थियो । त्यसमध्ये कर राजस्व लक्ष्यको ४२.३ प्रतिशत उठेको छ भने गैरकर ३६.१ प्रतिशत उठेको हो ।

पुस मसान्तसम्म ४ खर्ब ७५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने सरकारको लक्ष्य थियो । पुससम्म उठेको राजस्व अर्धवार्षिक लक्ष्यको ८८ प्रतिशत मात्र हो ।

पुस मसान्त चालु आर्थिक वर्षको आयकरको पहिलो किस्ता बुझाउने अन्तिम दिन थियो । यो एकै दिनमा ३३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

आर्थिक वर्षको आधा समय गइसक्दा भर्खर मात्रै नेपाली बजार खुल्नथालेका छन्। अझै पनि कोरोनाको कारण बन्द ४६ प्रतिशत उद्योगहरु पूर्ण रुपमा सञ्चालन भइसकेका छैनन्। करिब ५४ प्रतिशत उद्योगहरु मात्रै पूर्ण रुपमा सञ्चालन हुनथालेको राष्ट्र बैंककै अध्ययनले देखाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here