यस्तो देखियो नुवाकोटमा गोरु जुधाइ (फोटोफिचर)

नुवाकोट । नुवाकोटका विभिन्न ठाउँमा यस वर्षको माघे सङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ । माघे सङ्क्रान्तिमा गोरु जुधाउने मेलालाई पछिल्लो समय व्यवस्थित रूपमा जिल्लाका विभिन्न ठाउँमा जुधाउन थालिएको छ ।

बिहीबार (आज) तारकेश्वर गाउँपालिका–३, तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ, तादी गाउँपालिका–४ सातबिसे र शिवपुरी गाउँपालिका–३, शेराबगरमा माघ १ गते गोरु जुधाउने मेला सञ्चालन भएको छ । पाँच ठाउँमा गरी ३५ हल गोरु जुधाइएको आयोजकहरूले जनाएका छन् ।

हिउँदमा फुर्सदका समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रीति भए पनि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएका बेला भाञ्जालाई मनोरञ्जन दिलाउन गोरु जुधाइएको भनाइ छ ।

गोरु जुधाइ हेर्ने धादिङ, काठमाडौं, चितवनलगायतका ठाउँबाट समेत दर्शक गएका थिए ।

तस्वीर :- सावन ढंगोल,वेत्रवाती/सन्तोष न्यौपाने,तारुका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here