उपत्यकाका २१ ठाउँमा बिजुली काटिने

काठमाडौं, ३ माघ । काठमाडौंको विभिन्न ठाँउमा शनिवार बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणले मर्मतकार्य गर्नु पर्ने भएकाले उपत्यकाका विभिन्न २१ क्षेत्रमा केही समय विद्युत नआउने जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट २१ ठाउँमा विद्युत प्रवाह रोकिने भएको छ ।

हात्तीगौडा, धापासी हाइट, मनकामना टोल, ग्रीनल्याण्ड चोक, बसुन्धारा, गोंगबु, मित्रनगरलगायतका ठाउँमा केही घण्टा बिजुली नआउने भएको हो । मर्मतको काम सकिए लगत्तै बिजुली आपूर्ति हुने पनि प्राधिकरणले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here