कोरोनाकाबीच ६ महिनामा १०३ उद्योग दर्ता, उत्पादन र सेवामूलक क्षेत्र रोजाइमा

संकेतिक तस्विर

काठमाडौं, ४ माघ । कोरोनाका कारण थलिएका उद्योग,कलकारखाना खुल्ने क्रममा रहेका बेला नयाँ उद्योग दर्ता हुने क्रम भने रोकिएको छैन ।

कोरोनाले विश्वभर नै औद्योगिक क्रियाकलाप सुस्त भइरहेका चालू आवको पुस मसान्तसम्म १०३ उद्योग सञ्चालनका लागि दर्ता भएका छन् ।

उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा १०३ नयाँ उद्योग दर्ता भएका छन् ।

ती उद्योग संचालन गर्न कुल ७२ अर्ब ६२ करोड रुपैयाँ लगानी गर्ने उद्योगीहरुले प्रतिबद्धता जनाएका छन् । यी उद्योग संचालनमा आएपछि ६ हजार २८८ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागले जनाएको छ ।

यस अवधिमा सबैभन्दा धेरै सेवामूलक क्षेत्रमा २३ वटा नयाँ उद्योग दर्ता भएका छन् । यी उद्योग संचालनमा ल्याउन ६ अर्ब ५१ करोड रुपैयाँ लगानी हुने भएको छ ।

यस्तै, कृषि क्षेत्रमा १३ उद्योगमा ३ अर्ब, ऊर्जा क्षेत्रमा १३ आयोजनामा ५३ अर्ब ६३ करोड, सूचना प्रविधि क्षेत्रका ५ उद्योगमा ६५ करोड, पूर्वाधारतर्फ १ अर्ब ५७ करोड लगानीमा एउटा उद्योग दर्ता भएको छ ।

कोरोनाले गर्दा समस्या देखिए पनि पछिल्लो समय लगानी कर्ताको आक्रषण बढ्दै गएको छ । यसले कोभिडबाट भएको क्षतिलाई उठाउन ठूलो सहयोग गर्नेछ आंकलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here